काठमाडौं, ८ कात्तिक । देशका कार्यकारी प्रमुख प्रधानमन्त्री सुशील कोइरालाले ८१ वर्षीया दिदी आभादेवी शर्माबाट टीका थाप्नु भएको छ । उहाँले शनिबार बिहान ११ बजेर ३५ मिनटको शुभसाइतमा टिका थाप्नु भएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले पनि त्यही साइतमा ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा माया केसी सहितका पाँचैजना दिदी बहिनीबाट टीका थाप्नु भएको हो ।
पूर्व प्रधानमन्त्रीहरु पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, शेरबहादुर देउवा, माधबकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतले पनि आ–आफ्ना चेलीवेटीबाट टिका थाप्नु भएको छ ।
देउवाले कांग्रेस केन्द्रीय सदस्य मीना पाण्डेबाट र नेपालले कुपन्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा दिदी कालिका भण्डारी र बहिनी वसुधा पोखरेलबाट टीका लगाउनु भएको हो ।
थापाले सानेपा पुगेर बहिनी मीनु कार्कीबाट टीका थाप्नु भएको हो । भट्टराईले भाइटीकाको दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईसँग टिका लगाउनु भयो ।
त्यसैगरी टिकाकै साइत पारेर पूर्व राजा र राजपरिवारले पनि साइतमै टिका लगाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादीस्थित शोभागृहमा टिका लगाउनुभयो । पूर्व रानी कोमल शाहले भने निर्मल निवासमा भाइहरू सुरज र उदयशमशेर राणालाई टीका लगाइदिनुभयो ।
पूर्व मुमा बडामहारानी रत्न शाहले नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा भाइ सुशीलशमशेर राणालाई टीका लगाइदिनुभयो ।















प्रतिक्रिया