१० मंसिर २०८३, बिहिबार

कांग्रेसले साउनदेखि दुई नम्बर प्रदेशमा चुनावी प्रचार थाल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । सत्तारुढ दल नेपाली कांग्रेसले असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि साउन महिनादेखि प्रचार प्रसार अभियान सञ्चालन गर्ने भएको छ ।

रमेश लेखकको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसका सचिव प्रकाश शर्माका अनुसार जननायक विपी कोइरालाको ३५ औं स्मृति दिवसको अवसर पारेर साउन ६ गतेदेखि धनुषाको जनकपुरमा २ नम्बर प्रदेशका सबै जिल्लाहरुका प्रचार प्रसार समितिको विशेष भेला आयोजना गरी स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार प्रसार अभियान प्रारम्भ गर्ने निर्णय भएको छ ।