२९ आश्विन २०८३, बिहिबार

छभन्दा बढी संघीय राज्य मुलुकले धान्न सक्दैनः महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokhrelभक्तपुर, ८ कात्तिक । एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई साझा पहिचानसहितको छ प्रदेशभन्दा बढी आवश्यक नरहेको बताएको छ ।

भक्तपुरमा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले धेरै प्रदेशको प्रशासनिक व्यवस्थापन मुलुकले धान्न नसक्ने भएकाले छ प्रदेश पर्याप्त हुने बताए । ‘जातीय सङ्घीयताले मुलुकलाई जातीय विद्रोहतर्फ धकेल्ने संभावना रहन्छ,’ उनले भने ।

महासचिव पोखरेलले दलहरुबीच सङ्घीयताको कुरा अझै मिल्न नसकेको बताउँदै कात्तिक ९ गते बस्ने बैठकमा पनि सहमति नभए संविधानसभाको प्रक्रियामा जानुको विकल्प नभएको उल्लेख गरे ।
उनले नेपालमा विभिन्न जातिका विविध विशेषता बोकेका चाडपर्वले नै सबैलाई एकताबद्ध बनाएको बताए ।

सभासद् मीरा ध्वजुले तोकिएकै माघ ८ को मितिमा संविधान जारी गर्न सभासद्ले तीन प्रमुख दलमाथि दबाब सिर्जना गरिरहेको र सभासद्हरुले पनि सोहीअनुरुप कार्य गरिरहेको बताइन् ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, सचिव हरिशरण लामिछाने, एमाले नगरकोट गाउ“ कमिटी अध्यक्ष विष्णु तामाङलगायतले प्रमुख दलहरुले सहमति भए सहमति अनुरुप, नभए प्रक्रिया अनुरुप माघ ८ कै मितिमा संविधान जारी गर्नुपर्ने बताए ।