काठमाडौं, २७ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सम्वाद भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी वार्तामा संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो ।
संविधान संशोधनका विषयमा चर्चा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाउनु भएको हो ।
एमालेले संविधान संशोधनमा सहयोग गर्न नसकिने जनाउँदै आएको छ । यद्यपि, कांग्रेस र माओवादी केन्द्रले एमालेको सहयोगविनै संविधान संशोधन गरेर देखाउने जनाइ सकेका छन् ।
संविधान संशोधनपछि मात्रै मन्त्रिपरिषद विस्तारको तयारीमा प्रधानमन्त्री देउवा लागेका छन् ।












प्रतिक्रिया