
पाँचथर, २७ असार । स्थानीय तहको निर्वाचनमा पार्टीको नीति विपरित कार्य गरेको ठहर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बमबहादुर सम्बाहाम्फेलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।
राप्रपाको आधाकारिक निर्णय र हित प्रतिकूल बागी उम्मेदवार उठाउन सक्रिय भूमिका निभाएका र बागी उम्मेदवारको लागि भोट माग्दै हिडेका कारण सम्बाहाम्फेलाई राप्रपाले अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो ।
असार २२ गतेको बसेको वैठकको निर्णय बमोजिम आवश्यक कारवाही अगाडि बढाइएको जानकारी राप्रपा कुम्मायक गाउँपालिका अध्यक्ष जगतजंग लावतीले बताउनुभयो ।
पार्टी स्रोतकाअनुसार, क्षेत्रीय सदस्य सम्बाहाम्फेले निर्वाचनको क्रममा प्रतिपक्षी दलसँग अप्राकृतिक साँठगाँठ गरेको र यसै सिलसिलामा आर्थिक लेनदेन समेत गरेको रिपोर्ट प्राप्त भएको अवस्थामा विधानको व्यवस्था बमोजिम अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो ।
पार्टी हितविपरीत कार्य गरेको स्थापित भएको अवस्थामा सम्बाहाम्फेलाई हदैसम्मको कारवाही हुने निश्चित छ । सम्बाहाम्फेलाई स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ र प्राप्त जवाफ बमोजिम अनुशासनको कारवाही अघि बढाइनेछ ।
यसको अतिरिक्त पार्टी अनुशासनर निर्णय विपरीत बागी उम्मेदवारको रुपमा खडा भएका महेन्द्र लावती र आशबहादुर सम्बाहाम्फेलाई भने पार्टीको साधारण सदस्य समेत नरहने गरी राप्रपाले निष्काशन गरी सकेको छ ।











प्रतिक्रिया