१५ कार्तिक २०८३, आइतबार

ठमेलमा एसएसपी जोशीको स्टिङ अप्रेशन, ‘टकिला डान्स’बाट २२ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २७ असार । ठमेलका डान्सबार र डिस्कोमाथि प्रहरीले निगरानी बढाएको छ । सामाजिक विकृतिका विषयमा गोप्य रूपमा अनुसन्धान गर्न महानगरीय प्रहरी परिषर काठमाडौंले निगरानी बढाएको हो ।

अश्लील नृत्य, व्यापारको नाममा धन्दा, लुटपाट, ओभर बिलिङजस्ता बिकृति ठमेलमा बढेको गुनासो प्रहरीकोमा पुगेपछि परिषरका एसएसपी (प्रहरी बरिष्ठ उपरिक्षक) छबिलाल जोशी शनिवार स्थलगत निरक्षणमा निस्केका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

एसएसपी जोशीको टोलीलाई नरसिंङचोकस्थित टकिला डान्स रेष्टुरेन्ट बाहिर उभिएका दलालले रेष्टुरेन्टमा गए सबथोक पाइने भन्दै डान्स हेर्न जान अनुरोध गरे । दलालको करकाप पश्चात बार छिरेका एसएसपी जोशीको टोलीलाई अश्लील अवस्थामा रहेका बारका युवतीले घेर्दै बस्न आग्रह गरेका थिए ।

जबरजस्ती बाटो हिँड्ने बटुवादेखि बिदेशी पर्यटक र व्यापारीलाई रेष्टुरेण्टमा बोलाएर लुट्ने गरेको लिखित र मौखिक उजुरी प्रहरीमा आएको थियो ।

निरक्षण गर्न एसएसपी जोशी स्वयम ठमेल छिरेका थिए । रेष्टुरेण्टमा दायाँबायाँ युवती बस्न लगाउने र ग्राहकले अर्डर नगरी ति युवतीले आफू खुशी मगाएर खाने र बिलको भुक्तानी भने ग्राहकलाई गर्न लगाउँदै आएका छन् ।

यतिमात्र नभई बिदेशी पर्यटक बिषेश गरी भारतीय मूलका नागरिकलाई होटलमा युवती पठाइदिन्छांै भन्दै देहव्यापारका लागि युवतीको मोलमोलाईसम्म डान्सबार डिस्कोमा हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।