१५ कार्तिक २०८३, आइतबार

राजधानीमा ‘डन’ ‘शुक्रे’को बिगबिगी, टोले गुन्डाबाट ‘डन’ बनेका ‘शुक्रे’ को हुन् ?

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । टोले गुण्डा हुँदै राजधानीमा डनको विल्ला पाएपछि जेलमा जाकिएका दोलखाका शुक्रे लामा पछिल्लो समय प्रहरीलाई चुनैती बनेका छन् ।

नयाँ बानेश्वरका डन महिन्द्र खड्काको हत्या पश्चात जेल पुगेका शुक्रे जेलबाट छुटेसँगै आपराधिक समूह खडा गरेर राजधानीमै अपहरण र लुटपाटमा सक्रिय छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नक्कली प्रहरी खडा गरेर शुक्रेले ठेकदार, व्यापारी र सरकारी कर्मचारीलाई समेत लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ (अनुसन्धान गर्ने गोप्य स्थान) सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहको पक्राउ पश्चात शुक्रेको राज खुलेको हो ।

सरू श्रेष्ठ नामक युवतीको प्रयोग गरेर शुक्रेको समूहले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले सिआईबीको नाममा धन्दा चलाउँदै आएका थिए । सरू सहित तीनजनालाई सिआईबीले तत्काल पक्राउ गरेपनि गिरोहका नाईके तथा योजनाकार शुक्रे भने फरार रहेका छन् ।

को हुन शुक्रे ?

दोलखाका शुक्रे लामा २०५५ सालदेखि बानेश्वरका कुख्यात गुण्डा नाईके मिलन गुरूङ उफ टि मिलनका अघिपछि हिड्ने भाडाका गुण्डा थिए । पैसाका लागि काटमार गर्दै आएका शुक्रे केही समयमै टि मिलनका खास सहयोगी बन्न पुगे । टेण्डरबाट आएको कमिशनको राम्रै हिस्सा पाउन थालेपछि उनको सपना पनि बढ्न थाल्यो । टि मिलनझैं डन बन्ने ।

डन बन्ने शिलशिलामा शुक्रेले बानेश्वरका अर्का डन महिन्द्र खड्कालाई २०५८ मा टि मिलनको आदेशमा खुकुरी प्रहार गरी हत्या गरे । खड्काको हत्या पश्चात डिल्लीबजार जेल पुगेका शुक्रे दुई वर्ष पश्चात अस्पताल जाने बहानामा सुकेधारबाट फरार भए ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर सुकेधारा पु-याई आफ्नो सहयोगी लगाएर प्रहरीलाई नै खुकुरी प्रहार गरी उनी फरार भएका थिए । फरार शुक्रेलाई केही समय पश्चात तत्कालिन काठमाडौं प्रहरीका ईन्सपेक्टर कुमोद ढुंगेलले काभ्रेको कामीडाँडाबाट पक्राउ गरेर ल्याएका थिए ।

अर्का कुख्यात गुण्डा सुजन पौडेल उर्फ रमेश बाहुन र शुक्रे कुनै समय काठमाडौं उपत्यकका, काभ्रे, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा काम गर्ने ठेकदारको लागि यमराज नै बनेका थिए । बाहुन अहिले जेलमा झन भने शुक्रेले नयाँ तरीका अपनाएर अपराधमा सलग्न हुदै आएको पाईएको छ ।