१५ कार्तिक २०८३, आइतबार

१८ वर्षपछि ओडारबाट उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, २७ असार । १८ वर्षदेखि ओडारमा कष्टपूर्ण जीवन बिताइरहेकी वृद्ध गोला शाहीको उद्धार गरिएको छ । कुष्ठरोगी भएकाले गाउँले र घरपरिवारले उनलाई १८ वर्षदेखि ओडारमा राखेका थिए ।

शाहीको उपचारका लागि काठमाडौं पठाउन हेलीकोप्टरमार्फत सिमकोटसम्म उद्धार गरिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

शाहीलाई ओडारबाट बोक्ने मानिस तथा घोडा नपाएकाले विभिन्न निकाय तथा व्यक्तिको सहयोगमा हेलिकोप्टरबाट उद्धार गरी सिमकोट पु-याइएको छ ।

गत १५ असारदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारका कारण उनलाई सहयोग गर्न विभिन्न दातृ निकायको ओइरोसमेत लागेको पाइएको छ ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ हजार, जिल्ला पशु सेवाबाट ३ हजार, जिल्ला समन्वय समितिबाट १ लाख, महिला तथा बालबालिका कार्यालयबाट ५ हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट ७ हजार, इन्सेकबाट १ हजार र महिला कल्याण सेवाबाट ५ हजार गरी ४३ हजार हेलिकोप्टरको भाडा जम्मा गरेर उद्धार गरिएको छ ।