१५ कार्तिक २०८३, आइतबार

गगन थापालाई आयो ‘अनौठो’ प्रस्ताव, गरिदिए खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । मुना मेमोरियल ट्रस्टले वीर अस्पतालका बिरामीका लागि ३७० थान कपडा (गाउन) प्रदान गरेको छ ।

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।  गोरखापत्र दैनिकले समाचार छापेको छ ।

उक्त कार्यक्रममा पूर्वमन्त्री थापाले वीर अस्पतालमा पुराना र अनुभवी चिकित्सक रहेको भन्दै अस्पताललाई स्रोत साधनसम्पन्न गराउन आफू लागिपरेको बताउनुभयो ।

जनताको अस्पताल भएकाले आफ्नो कार्यकालमा अस्पतालले मागेजति रकमको व्यवस्था गरिदिएको स्मरण गर्दै उहाँले वीर अस्पताललाई जनशक्ति र स्रोत साधनले सुविधासम्पन्न गराउन सरकारको सहयोगले मात्रै नहुने बताउनुभयो ।

चिकित्साशास्त्रमा अझै पनि भनसुन चल्ने गरेको उल्लेख गर्दै कतिपय विशेषज्ञ पनि भनसुनमै भर पर्ने गरेको बताउनुभयो ।

उहाँले विशेषज्ञ चिकित्सकको नाम दर्ताको परीक्षामा अनुत्तीर्ण भएका ७० प्रतिशत चिकित्सकमध्ये केहीले उत्तीर्ण गराइदिन सोर्स लगाउन आउने गरेको खुलासा गर्नुभयो ।

कार्यक्रममा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई साधनसम्पन्न बनाउन सके गरिबको उपचार सहज हुने बताउनुभयो ।

उहाँले नयाँ उपकरण भए बिरामी विदेश जान नपर्ने भन्दै वीर अस्पतालमा दुर्गम क्षेत्रबाट पनि बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो ।

पाल्पाको रामपुर नगरपालिकामा जन्मनुभएकी मुना अधिकारी पौडेलले वीर अस्पतालमा लामो समय स्वास्थ्यकर्मीका रूपमा सेवा गर्नुभएको थियो ।

रोजगारका क्रममा अस्ट्रिया जानुभएकी पौडेलको क्यान्सरका कारण २०६८ सालमा निधन भएको थियो ।  पौडेलकै नाममा स्थापना भएको ट्रस्टले उहाँकै चाहना अनुसार स्वास्थ्य क्षेत्रमा परोपकारी काम गर्दै आएको छ ।