२९ आश्विन २०८३, बिहिबार

दार्जिलिङ तनावः नेपाली विद्यार्थी मारमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पशुपतिनगर, २६ असार । गोर्खाल्याण्ड आन्दोलनका कारण भारतको दार्जिलिङका विद्यालयहरु एक महिनायता बन्द भएपछि त्यहाँ अध्ययन गरिरहेका नेपालका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरी नेपालमै पढाउने मनस्थिति बनाएको बताएका छन्।

इलामको पशुपतिनगरवासीमध्ये धेरैका छोराछोरी सानैदेखि भारतमै अध्ययन गर्ने गरेका छन्।
गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाले अहिले विद्यालय खुलाउने कुरा सोच्न नसकिएको बताएको छ।

सूर्योदय नगरपालिका-२ पशुपतिनगरकी शिवानी भुटियाकी छोरी दार्जिलिङको वेस्ट पोइन्ट स्कूलमा कक्षा ११ मा पढछिन्।

समस्या

तर उनको पढाइ छुटेको करिब एक महिना हुन लाग्यो।

पहिला द्वन्द्वकालमा नानीहरुलाई दार्जिलिङ लगियो। अहिले त्यता बन्द भयो। अब त्यहाँबाट निकालेर नेपालमै ल्याउने सोच बनाइरहेकी छु – शिवानी भुटिया, अभिभावक

अहिले उनकी छोरी कहिले स्कुल खुल्छ भन्ने प्रतीक्षामा घरमै छिन्।

दार्जिलिङमा छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डको मागको आन्दोलन चर्किरहेको छ।
त्यहाँका विद्यालयहरु बन्द छन्।

शिवानी भुटिया भन्छिन्, “पहिला द्वन्द्वकालमा नानीहरुलाई दार्जिलिङ लगियो। अहिले त्यता बन्द भयो। अब त्यहाँबाट निकालेर नेपालमै ल्याउने सोच बनाइरहेकी छु।”

तथ्यांक

नेपालका धेरै विद्यार्थी भारत पश्चिम बंगालको दार्जिलिङ, खरसाङ तथा कालिम्पोङमा अध्ययन गर्छन्।

बन्द

तर कति विद्यार्थी त्यहाँका विद्यालयमा पढछन् भन्ने यकिन तथ्याङ्क छैन।

पशुपतिनगरकै मिलन क्षेत्रीले पनि मिरिकमा कक्षा १० मा अध्ययनरत आफ्ना छोरालाई नेपालमै पढाउने लगभग मनिस्थिति बनाइसकेको बताए।

उनले भने, “अब केही दिन हेर्छु। भएन भने त कक्षा १० मै यतै ल्याएर विद्यालयमा भर्ना गराउने प्रयास गर्छु।”

सीमावर्ती नेपालबाट बिहान घरबाट गएर भारतका विद्यालयहरुमा पढेर बेलुका घर नै आउने प्रचलन पनि छ।

संकेत

पशुपतिनगरबाट दैनिक करिब अढाइ सय विद्यार्थी त्यसरी भारतीय विद्यालयमा गएर पढ्ने गरेका पशुपतिनगरवासी बताउँछन्।

गोर्खाल्याण्डको मागको आन्दोलन चलाइरहेको गोर्खा जनमुक्ति मोर्चाले विद्यालयहरु तत्काल खुलाउने कुनै संकेत दिएको छैन।

अब केही दिन हेर्छु। भएन भने त कक्षा १० मै यतै ल्याएर विद्यालयमा भर्ना गराउने प्रयास गर्छु- मिलन क्षेत्री, अभिभावक

मोर्चाका सचिव विनय तामाङले भने, “हामी त्यतातिर सोच्न भ्याएकै छैनौँ। अब आन्दोलनले कुन रुप लिन्छ भन्न सकिँदैन। विद्यालय खुल्ने निश्चित मिति तोक्नै सकिँदैन अहिले त।”

नेपाल, भुटान, बंगलादेश लगायतका देशहरुबाट दार्जिलिङमा गएर पढ्ने परिपाटी विगतदेखिकै भएको बताइन्छ।

तर आन्दोलनका कारण दार्जिलिङ तथा आसपासका क्षेत्रमा पढने विद्यार्थीले अब कतिदिन घर बस्नुपर्ने हो त्यो अझै अनिश्चित देखिएको छ। – बीबीसीबाट