२९ आश्विन २०८३, बिहिबार

अमेरिकी राष्ट्रपतिबाट दिपावलीको शुभकामना, विदेशमन्त्री केरीले पनि मनाए दिपावली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barak Obama

वासिङ्टन,८ कात्तिक । अमेरिकी विदेशमन्त्री जोन केरीले पनि अमेरिकामा हिन्दूहरुको महान चाड दिपावली मनाएका छन् । उनले बिहीबार अमेरिकी विदेश मन्त्रालयमा दिपावली गरेर हिन्दूहरुको चाड दिपावली मनाएका समाचार एजेन्सीहरुले जनाएका छन् ।

उज्यालोको चाड दिपावली भारतका हिन्दु नागरिकले गत तीन दिनदेखि मनाइरहेका छन् । यो चाड अमेरिकी विदेशमन्त्रीले पनि विदेश मन्त्रालयमा बिहीबार मनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

दर्जनौँ मैनबत्तीको उज्यालोमा सजिएको विदेश मन्त्रालयको बेन्जामिन फ्रयाङ्कलिन हलमा विदेशमन्त्री केरीले भने, ‘दिपावली उज्यालोको चाड हो र यसले मानवमात्रलाई उज्यालो जीवनका लागि प्रेरित गर्ने गर्दछ ।’

दिपावलीको उज्यालोले अध्यारोलाई विस्थापित गरेजस्तै मानवको अन्तरमनमा रहेको उज्यालोले पनि अध्यारोलाई विस्थापित गर्नसक्ने उनको धारणा थियो ।

मानिसको दिमाग र उत्साहलाई पुनर्ताजगी गर्ने काम यस दिपावलीको उज्यालोले गर्नसक्छ भन्दै उनले अगाडि भने, ‘दिपावलीको उज्यालोजस्तै हामी मानवमा पनि एक मानव अर्काेका लागि कसरी उज्यालो बन्न सक्छौँ भनेर सोच्नुपर्छ ।’

विश्वमा यतिखेर पनि हिंसा र द्वन्द्व विद्यमान नै छ भन्दै तर त्यो हिंसाको अन्त्यका लागि कसरी दिपावलीको उज्यालोजस्तै प्रकास छर्नसक्छौं भनेर सबैलाई सोच्न पनि उनले आग्रह गरे ।

जसरी अध्यारोले अध्यारो हटाउन सक्दैन र त्यहाँ उज्यालोको आवश्यकता पर्दछ त्यसैगरी घृणाले पनि घृणा हटाउन सक्दैन त्यहाँ माया र प्रेम चाहिन्छ भन्ने मार्टिन लुथर किङको भनाईलाई उनले उद्दरण गरे ।

उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि एक भिडियो सन्देश पठाउदै उज्यालोको यस पर्वले सबैमा उज्यालो छर्न सकोस भनी कामना गरे । रासस /एएफपी