१५ कार्तिक २०८३, आइतबार

भारतले सीमा स्तम्भ मिचिरहेका बेला सरकारले ‘बीओपी’ स्थापना गर्ने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ असार । गृहमन्त्री जनार्दन शर्माले सीमा स्तम्भको संरक्षणका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्य भइरहेको बताएका छन् ।

व्यवस्थापिका संसदमा विनियोजन विधेयक–२०७४ बारे गृह मन्त्रालयसँग सम्बन्धित विषयहरुमा जवाफ दिँदै गृहमन्त्री शर्माले सो कुरा बताएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

सशस्त्र प्रहरीको स्थायी र अस्थायी गरी ८९ स्थानमा बोर्डर आउट पोष्ट स्थापना भइसकेको बताउँदै गृहमन्त्री शर्माले भने, ‘अहिले सिमानामा ९ हजार ३७७ जनशक्ति परिचालन गरिएको छ, थप बोर्डर आउट पोष्ट स्थापना गर्ने कार्य भइरहेको छ ।’

सिमामा नियमित गस्ती तथा अनुगमन भइरहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले भने, ‘दुवै देशका सर्भे–नापी विभागले संयुक्त टोली बनाई विगत तीन वर्षदेखि सीमा क्षेत्रमा कार्य गरिरहेका छन्, जोर नम्बरका सिमा स्तम्भ भारतीय पक्षले, बिजोर नम्बरका सिमा स्तम्भ नेपाल पक्षबाट मर्मत गर्ने कार्य भइरहेको छ ।’