
काठमाडौँ, २५ असार । नेकपा एमालेले कञ्चनपुर र झापाको दुई नगरपालिकामा जित हासिल गरेको छ । कञ्चनपुरको पुनर्बास र झापाको अर्जुनधारा नगरपालिकामा एमालेले जित हात पारेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुबै जितेको छ । आइतबार बेलुकी सकिएको मतगणना अनुसार, नेकपा एमालेका मेयरका उम्मेदवार जीवनराज थापा ६ हजार ७२ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी काँग्रेसका तोयराज शर्माले ५ हजार ५५१ मत ल्याए ।
उपमेयरमा पनि एमालेकै जित भएको छ । उपमेयरमा एमालेकी शारदा विष्ट ६ हजार ५८८ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवारको ५ हजार २३९ मत आयो ।
नगरपालिकामा ५७ जना जनप्रतिनिधिमध्ये ३२ जना नेकपा एमालेबाट विजयी भएका छन् ।
यसैगरी, झापाको अर्जुनधारा नगरपालिकामा एमालेले जित हासिल गरे पनि अन्तिम मतपरिणाम घोषणा हुन बाँकी छ ।
अब धरान उपमहानगरपालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । यो उपमहानगरपालिकामा पनि एमालेको जित पक्का छ ।
योसँगै नेकपा एमालेले १५० स्थानीय तहमा जित हासिल गरेको छ । काँग्रेस १२१, माओवादी ३८ र अन्य २३ ठाउँमा विजयी भएका छन् ।











प्रतिक्रिया