१० मंसिर २०८३, बिहिबार

दोस्रो चरणको चुनावको अन्तिम नतिजा: धरानको मेयर-उपमेयरमा एमाले भारी मतले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २६ असार । धरान उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले बाजी मारेको छ ।

तीन हजार भन्दा बढी मत अन्तरले नेकपा एमालेका उम्मेदवार तारा सुब्बा मेयरमा विजयी भएका छन् । काँग्रेसका तिलक राई निकटतम प्रतिस्पर्धी रहे ।

यसैगरी, उपमेयरमा एमालेकै मन्जु भण्डारी विजयी भएकी छिन् । उनी पनि चार हजार भन्दा बढी मत अन्तरले विजयी भएकी छिन् । काँग्रेसकी स्यामा रेग्मीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।

माओवादी र संघीय समाजवादी फोरमको गठबन्धन तेस्रो स्थानमा रह्यो । एमालेले धरानका अधिकांश वडा पनि जितेको छ । योसँगै नेकपा एमाले दोस्रो चरणमा १५१ स्थानमा विजयी भएर देशकै सबैभन्दा ठूलो पार्टी बनेको छ ।