२९ आश्विन २०८३, बिहिबार

चीन र पाकिस्तानबीच भयो अर्काे ठूलो सम्झौता !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद, २५ असार । चीन र पाकिस्तान विज्ञान र प्रविधिको क्षेत्रमा द्विपक्षीय सहयोग र समन्वय अभिबृद्धिका क्षेत्रमा सहमत भएका छन् ।

साथै यी दुई देशले रोड एण्ड बेल्ट इनिसिएटिभका माध्यमबाट विज्ञान र प्रविधिका क्षेत्रमा साझा लगानी र समन्वयसम्बन्धी सम्झौता पनि गरेका छन् ।

शनिबार पाकिस्तानका राष्ट्रपति मनुन हुसेन र चीनका विज्ञान प्रविधिसम्बन्धी मन्त्री वाङ चोङबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

चिनियाँ मन्त्री चोङ चीन पाकिस्तान संयुक्त संयन्त्रको १८ औँ बैठकका लागि पाकिस्तान पुग्नुभएको छ । सोही क्रममा उक्त सम्झौता भएको थियो ।

सो क्रममा मन्त्री चोङले चीन पाकिस्तान रणनैतिक साझेदार राष्ट्र भएकोले आगामी दिनमा पनि बेल्ट एण्ड रोड इनिसिएटिभ्सका माध्यमबाट कैयौँ आयोजनाहरु गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले चीन पाकिस्तान सम्बन्धको एक महत्वपूर्ण अध्याय भनेको यी दुई देशको बीचमा रहेको चीन पाकिस्तान आर्थिक मार्ग हो भन्नुभयो ।

यस ओबिओआर आयोजनामार्फत चीनले पाकिस्तानसँग मिलेर विज्ञान प्रविधिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्ने र नयाँ नयाँ आविश्कारका लागि पनि सामुहिक सहकार्यको मार्ग प्रसस्त गर्ने उहाँले बताउनुभयो । – सिन्ह्वा