काठमाडौँ, ७ कात्तिक । मलेसीयामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको दोस्रो खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ ।
नेपालले बर्मुडाविरुद्धको खेलमा ८ ओभरमा १ विकेट गुमाउँदै ५६ रन जोडन सफल भएको छ । खेल अहिले पनि जारी छ ।
युगाण्डा र सिंगापुरबीच भएको अर्को खेलमा युगाण्डाले सबै विकेट गुमाएर १९६ रन बनाएको छ । सिंगापुरले जवाफी व्याटिङ शुरु गरेको ।
डिभिजन थ्रीकै अर्को खेलमा मलेसिया र अमेरिका भिडिरहेका छन् ।
अमेरिकाले ८ विकेट गुमाएर १८७ बनाएको छ । मलेसिया जवाफी व्याटिङमा छ । नेपाल र बर्मुडाबीचको खेललन्च ब्रेकपछि शुरु भएको छ ।















प्रतिक्रिया