
बिर्तामोड, २५ असार । दोस्रो चरणको नतिजा आए लगत्तै पूर्व क्षेत्रको भ्रमणमा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापामा एमालेले चुनाबमा हराउनेलाई निर्ममतापूर्बक कारबाही गरिने बताएका छन् ।
एमाले झापाको आयोजनामा निर्बाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले झापाका गौरादह, बुद्धशान्ति, मेचीनगरमा एमाले हान्नुपर्ने र कमलमा गोला हान्नुपर्ने परिस्थिति निम्त्याउने एमालेहरुलाई कारबाही गरिने चेताबनी दिए ।
झापाका नेता तथा कमिटीलाई निर्देशन दिँदै ओलीले भने, सधै जित्ने ठाउँमा एमाले किन र कसरी हार्यो मलाई ७ दिनमा स्प्रष्टिकरण चाहिन्छ । सधैभरि एमाले हुने र मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमाले हुन सक्दैन । त्यस्ता मान्छेको एमालेमा काम छैन ।
ओलीले कम्युनिष्टको गढमा एमाले हार्ने कारणको खोजी गर्न पनि निर्देशन दिए । उनले जनताले काँग्रेसलाई किन मत दिइरहेका छन् भन्नेकुरा आफूले थाहा नपाएको बताए ।











प्रतिक्रिया