काठमाडौं, २५ असार । एसियाली राजनीतिक पार्टीहरुको सम्मेलनको स्थायी कमिटीको २८ औं बैठकको सिलसिलामा आइक्याप मिडिया फोरम र युरोप एसिया राजनीतिक फोरम दक्षिण कोरियाको राजधानी सोलमा जुलाई ६ देखि शुरुवात भएको छ ।
उद्घाटन शत्रमा आइक्याप स्ट्यान्डिङ कमिटीका अध्यक्ष तथा फिलिपिन्सका पूर्व सभामुख जोसे डे भिनेसियाले आइक्याप र मिडिया फोरम स्थापनाको सन्दर्भ कोट्याउदैं कोरियाली प्रायद्विपमा शान्ति स्थापनाका विषय पनि कोट्याउनु भएको थियो । मिडिया सम्मेलनको उद्घाटन शत्रमा दक्षिण कोरियाका रिपब्लिकन पार्टीका पूर्व महासचिव तथा नेता र आइक्याप मिडिया फोरमका सहअध्यक्ष ह्वाङ जिन्हा, डेमोक्राटिक पार्टीकी पूर्व विपक्षी नेतृ पार्क सोक उनले दक्षिण कोरियाको राजनीतिक अवस्था मिडियाको भूमिका र आइक्याप मेडिया फोरमको सन्दर्भलाई जोड्नु भएको थियो ।
आइक्याप मिडिया फोरमको पहिलो सेसनमा मिडिया र प्रजातान्त्रिकरणमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुख्य बक्ताका रुपमा आफ्ना विचारहरु राख्नु भएको छ ।
उहाँले दक्षिण कोरिया र नेपालमा प्रजातान्त्रिकरण आन्दोलनमा मिडियाको समान भूमिकाबारे उल्लेख गर्दै साँचो प्रजातान्त्रिकरणमा मिडियाले संसारभरी महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
उहाँले सोसल मिडियाले राजनीतिक र सामाजिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको र यसलाई अझ सामाजिक उत्तरदायी मिडियाका रुपमा विकास गर्दै जानुपर्ने घारणा राख्नुभयो । उहाँले प्रविधिका कारण सामाजिक मिडियालाई आतंकवादीहरु दुरुपयोग गर्न सक्ने अवस्थाबारे पनि औल्याउनु भयो ।
उहाँले मिडिया पब्लिक उपभोगका रुपमा मात्र नहेर्न आग्रह गर्दैं यो सामाजिक पुनःनिर्माणको महत्वपूर्ण विषय भएको कुरा प्रकाश पार्नुभयो । मिडियालाई सत्ता, बहुदेशीय निगमहरुबाट जनताको बीचमा ल्याइ संवाद डवलीका रुपमा विकास गर्नु पर्ने घारणा राख्नुभयो ।
उहाँको भनाई थियो– मिडियाले केवल समस्या मात्र उजागर गर्ने होइन बरु समाधानको उपायहरु पनि निकाल्ने भूमिका खेल्न सक्नु पर्दछ । मिसन मिडियाले केवल मिसनमात्र हेर्दछ र त्यस उद्देश्यका लागि समाचार तोडमोड गर्दछ तर, साँचो मिडियाले जनताको आवाज बोल्नु पर्दछ । यस्तो मिडियाले जनताको शिक्षा, रोजगार, पूर्वाधार विकास, असल शासन, मानव तथा सामाजिक विकासका विषयहरुलाई उजागर गर्नु पर्दछ ।
प्रविधिमा भएको विकासका कारण मिडियामा रिभोलुसनल्याएको र यसले प्रजातान्त्रिकरणमा ठूलो भूमिका खेलेको छ तर यसले मास सर्भिलेन्सको खतराहरु पनि अकल्पनिय रुपमा अघि ल्याएकोले सूचना पद्दति र व्यक्तिका नीति सूचनाहरुको संरक्षण विषयचुनौतीपूर्ण बनेको उल्लेख गर्नुभयो ।
उक्त शत्रमा आइक्याप स्ट्यान्डिङ कमिटी सदस्य तथा पाकिस्तान मुस्लिम लिग (क्यू)का महासचिव मुसाहिद हुसेन, भारतीय कांग्रेसका नेता अनिल शास्त्री, भारतीय जनता पार्टीका नेता विजय जोली लगायत एशियाका मिडिया हाउसका प्रतिनिधि र पत्रकारहरुले आफ्ना घारणाहरु राख्नु भएको थियो । उक्त सेसनको अध्यक्षता आइक्याप मेडिया फोरमका उपाध्यक्ष रामनमामोडोभले गर्नु भएको थियो ।
नेता खनालसँग उहाँका विदेश मामला सहयोगी योगेन्द्र शाही कार्यक्रममा सहभागी हुनु भएको छ । साथै नेपाली कांग्रेसबाट सुजाता कोइराला कार्यक्रममा सहभागी हुनुहुन्छ । एसिया युरोप राजनीतिक फोरम जुलाई ९ र १० मा सम्पन्न हुनेछ । खनाल नेपाली समुदायले सोलमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भई यही जुलाई १२ मा नेपाल फर्किने कार्यक्रम रहेको स्बकिय सचिब कृष्ण भट्टराइले बताए ।











प्रतिक्रिया