९ मंसिर २०८३, बुधबार

नतिजा आउन बाँकी तीन स्थानीय तहमा एमाले अगाडि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ असार । मतगणना जारी रहेका ३ वटा स्थानीय तहमा नेकपा एमालेले अग्रता लिइरहेको छ । ३३४ तहमध्ये ३३१ स्थानको नतिजा अइसकेको छ ।

नतिजा अउन बाँकी स्थानीय तहमा धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन् ।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार एमाले अग्रस्थानमा छ । कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

एमाले १४८ स्थानमा विजयी भएको छ । कांग्रेस १२२ र माओवादी केन्द्रले ३८ स्थानमा जित हासिल गरेको छ ।

मतगणना जारी रहेको धरान उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार तारा सुब्बा धरानमा अग्रस्थानमा छन् ।

उनलाई कांग्रेसका तिलक राईले पछ्याइरहेका छन् । उपमेयरमा एमालेकै मञ्जु भण्डारी अग्रस्थानमा छिन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा एमालेका जीवन थापा अग्रस्थानमा छन भने उनलाई कांग्रेसका तोयाप्रसाद शर्माले पछ्याइरहेका छन् ।

मतगणना भइरहेको झापाको अर्जुनधारा नगरपालिकामा पनि एमाले नै अग्रस्थानमा छ । मेयर पदमा एमालेका हरिकुमार राना अगाडि छन् भने उनलाई कांग्रेसका हेमराज खरेलले पछ्याइरहेका छन् ।

उपमेयरमा पनि एमालेकै कमला आचार्य अघि छिन् । कांग्रेसकी सरस्वती सिटौलाले आचार्यलाई पछ्याइरहेकी छिन् ।