२८ आश्विन २०८३, बुधबार

अमेरिकी राष्ट्रपतिले अरुकी गर्लफ्रेण्डलाई किस गर्न खोजेपछि….

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama_kiss-f

अमेरिकी राष्ट्रपति र किस प्रकरण यतिबेला चर्चाको विषय बनेको छ ।

बाराक ओबामा सोमबार शिकागोमा मिडटर्म चुनावमा भोट हालिरहेका बेला उनी नजिकैबाट हिडिरहेका एक काला व्यक्तिले चेतावनी दिँदै भने –‘मिस्टर प्रेसिडेन्ट, डन्ट टच माई गर्लफ्रेण्ड (राष्ट्रपति महोदय, मेरी गर्लफ्रेण्डलाई नछुनु होला)

माइक जोन्स नामका ती व्यक्तिकी गर्लफ्रेण्ड ओबामा नजिकै बुथमा मतदान गरिरहेकी थिइन् । उनी जोडले हाँसिन् । ओबामाले पनि टाउको उठाउँदै मुस्कुराएर जवाफ दिए–’साँच्चै भन्ने हो भने मेरो त्यस्तो कुनै मनसाय पनि थिएन ।’

फेरि उनले माइक जोन्सकी गर्लफ्रेण्ड इया कुपरसँग भने–यो एउटा उदाहरण हो कि कसरी आफ्नै एउटा भाइ बिना कारण मलाई शर्मिन्दा गरिरहेको छ। यो हल्काफुल्का कुराकानी एउटा टेलिभिजन च्यानलको क्यामेरामा कैद भइरहेको थियो । ओबामाले इयासँग उनको ब्वाइफ्रेण्डको नाम सोधे र फेरि भने–’अब तपाई घर फर्कनु हुनेछ र आफ्ना साथीहरुसँग यस विषयमा कुरा गर्नुहुनेछ, मलाई विश्वास लागिरहेको छैन कि माइक कति ठुलो बेवकुफ छ ।’

अन्ततः अन्तिम बाजी ओबामाले नै मारे, त्यहाँबाट हिँड्नुअघि इयालाई अँगालो हाले र चुम्बन गर्दै भने–अब उसलाई पनि कुरा गर्ने मौका मिल्नेछ । अब उसलाई साँच्चै जलन भइरहेको होला । पछि एउटा टेलिभिजनसँगको कुराकानीमा इयाले भनिन्–’माइक सधैंजसो यसप्रकारको व्यवहार गरिरहन्छन् । तर, ओबामाले यो ठट्टालाई नराम्रो मानेनन् । हो, जब उहाँले मलाई अँगालो मारेर चुम्बन गर्नुभयो, तब मलाई आशा छ कि मिसेल मलाई पनि माफ गर्नुहुनेछ ।’

उनीसँगै बसेका माइकको भनाइ थियो–’सुरुमा यसप्रकारको ठट्टा गर्ने मेरो कुनै मनसाय थिएन । जब मेरी गर्लफ्रेण्ड र ओबामा एकसाथ मतदान गर्न उभिएका थिए, तब मेरो दिमागमा यो ख्याल आयो । फेरि मुस्कुराउँदै उनले भने जब ओबामाले मेरी गर्लफ्रेण्डलाई किस गरे तब मैले बुझेँ कि ओबामा मसँग बदला लिइरहेका थिए ।’ एजेन्सी