गोरखा, २४ असार । गोरखाको धार्चे गाउँपालिका–७ हावाडाँडा भिरमा नेपाली सेनाले सडक बनाउने क्रममा झरेको पहिरोमा परी एकजना कामदारको मृत्यु भएको छ ।
सडकको नयाँ ट्रयाक खन्न बम बिस्फोटन गर्न पहरोमा प्वाल बनाउने क्रममा माथिबाट खसेको पहिरोमा परी शनिबार मकवानपुर भियाल–५ का ३२ वर्षीय सुकमान मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, आरुघाट ल्याउने तयारी गरिएको छ ।
हावाडाँडा, लापुभिर हुँदै माछाखोला सडकमा नयाँ ट्र्याक खुलाउने काम नेपाली सेनाले गर्दै आएको छ । पहरा फुटाउन सेनाले बम विस्फोटन गर्दै आएको छ । रासस











प्रतिक्रिया