
धरान, २४ असार । धरान उपमहानगरपालिकामा एमालेले अर्को जित हात पारेको छ ।
अन्तिम मत परिणाम अनुसार, धरान उपमहानगरपालिका वडा १३ मा नेकपा एमालेका उम्मेदवार नेत्र काफ्ले प्यानल सहित वडा अध्यक्षमा विजयी भएका हुन् ।
नेकपा एमालेले मेयरमा झण्डै दुई हजार मतसहित अग्रता लिइरहेको छ । एमालेले मेयरमा १२ हजार २७३ मत पाएको छ भने काँग्रेसले १० हजार ३९४ मत पाएको छ । यसैगरी, माओवादी केन्द्रले ५ हजार ६२३ मत ल्याएको छ ।
उपमेयरमा पनि एमाले अगाडि छ । एमालेले १२ हजार ३३४ मत पाएको छ भने काँग्रेसले ९ हजार ९७२ मत ल्याएको छ । तेस्रोमा रहेको संघीय समाजवादी फोरमले १ हजार ७९७ मत ल्याएको छ ।











प्रतिक्रिया