९ मंसिर २०८३, बुधबार

सिद्धार्थनगर भैरहवाका निर्वाचित पदाधिकारीले सपथ लिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश के.सी.

भैरहवा, २३ असार । सिद्धार्थनगर भैरहवाका नवनिर्वाचित प्रतिनिधिले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

उनीहरुलाई मुख्य निर्वाचन अधिकृत रुपन्देहीका जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय सिद्धार्थनगरद्वारा भैरहवामा आयोजित एक कार्यक्रममा मेयर पदमा निर्वाचित हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले र १३ वटा वडाबाट निर्वाचित वडाध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृतले र सदस्यहरुलाई मेयरले सपथ दिलाए ।

नवनिर्वाचित मेयर अधिकारीले सिद्धार्थनगरको विकासका लागि सबै जनप्रतिनिधिको भावनालाई एकसुत्र बनाई जनचाहनाअनुसार काम गर्ने बताए ।