९ मंसिर २०८३, बुधबार

यसरी भएको रहेछ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्या, प्रहरीका तीन खुलासा

50.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २३ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्याका बारेमा प्रहरीले केही नयाँ तथ्य पत्ता लागेको छ । दाङका प्रमुख (एसपी) धिरजप्रताप सिंहका अनुसार, घटना निकै योजनाबद्ध र प्रहरीलाई समेत चक्का दिने हिसाबले भएको छ ।

पहिलो खुलासा

तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरण र हत्यामा एकै घरका बाबुछोरीको संलग्नता देखिएको छ । तुलसीपुरका टिकाराम घर्ती र उनकी छोरी पूजा श्रेष्ठ हत्याकाण्डका मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ । तीन करोड रुपैँया फिरौती माग्ने उद्देश्यका साथ टिकारामले आफ्नी १७ बर्षीया छोरीलाई प्रयोग गरेर श्रेष्ठको अपहरण गर्न सफल भएका थिए । अपहरणको दिन पनि पूजाले नै फोन गरी व्यवसायी श्रेष्ठलाई बोलाएकी थिइन् ।

दोस्रो खुलासा

श्रेष्ठको हत्या भइसकेपछि अपहरणकारीहरुले श्रेष्ठको घरमा फोन गरेर तीन करोड रुपैँया फिरौती मागेका थिए । तर, परिवारले यो कुरालाई गोप्य राख्दै आएको थियो ।

तेस्रो खुलासा

व्यापारी श्रेष्ठको जेठ २६ गते साँझ निकै नाटकीय रुपमा अपहरण भएको थियो । घटना हेर्दा निकै व्यवस्थित र योजनाबद्ध देखिएको छ । अपहरण भएको तीन दिनपछि नै श्रेष्ठको हत्या गरिएको खुलेको छ । व्यवसायी श्रेष्ठ सुगरका रोगी हुन् । सल्यानको जंगलमा तीन दिनसम्म लगातार हिँडेपछि उनी बिरामी भएर ढले । बेहोस भएको मान्छेलाई मार्नु नै बेस भनेर हत्या गरेको हिरासतमा रहेका अभियुक्तहरुले बयान दिएका छन् ।

अपहरणमा परेको तीन सातापछि सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित जंगलमा श्रेष्ठको शव भेटिएको थियो । हत्यामा संलग्न ७ मध्ये चार जना प्रहरीको खोरमा पुगेका छन् ।