
ईटहरी, २३ असार । इटहरी उपमहानगरपालिकाको मेयर र उममेयरमा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा द्वारिक चौधरीले २२४१२ मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी उपमेयरमा एमालेकै उम्मेदवार लक्ष्मी गौतमले २२१४२ मत प्रप्त गरी विजयी भएकी हुन् ।
निकटतम प्रतिद्वन्दी कांग्रेसका मेयर उम्मेदवार रोहित प्रसाईंले १९९८५ मत प्राप्त गरे । उपमेयरकी उम्मेदवार बिमला ढकालले १८८५२ मत ल्याएकी थिइन् ।











प्रतिक्रिया