९ मंसिर २०८३, बुधबार

विराटनगर महानगरपालिकामा कांग्रेस–एमालेबीच यस्तो देखियो मतअन्तर

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, २३ असार । विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो परिणाममा कांग्रेस मेयरका उम्मेदवार भीम पराजुली एमालेका उम्मेदवार विनोद ढकालभन्दा ३२५८ मतले अगाडि छन् ।

कांग्रेसका मेयर उम्मेदवारले १३२९१ मत प्राप्त गर्दा एमाले मेयर उम्मेदवार १० हजार ३३ मतका साथ उनलाई पछ्याइरहेका छन् । संघीय समाजवादी फोरमका उम्मेदवार १० हजार ४ मतका साथ तेस्रो स्थानमा छन् ।

उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले फराकिलो अन्तरका साथ लिड गरिरहेकी छन् । कार्कीले ११४९७ मत ल्याउँदा माओवादी उपमेयर उम्मेदवारको पक्षमा ६८१२ मत परेको छ । लोकतान्त्रिकको उपमेयर उम्मेदवार ६४३० मतका साथ तेस्रो स्थानमा छिन् ।

१४ नम्बर वडाको वडाध्यक्षमा संघीय समाजवादी फोरमको प्यानलै विजयी भएको छ । १४ नम्बरको वडाध्यक्षमा बलदेव यादव विजयी भएका हुन् ।

१९ वडा रहेको विराटनगर महानगरपालिकाको अहिलेसम्म १, २, ३, ४,५, १४, १५, १६, १७, १८ र १९ वडाको गणना सकिएको छ । ६ र ७ वडामा गणना भइरहेको छ । ८० हजार ४७७ मत खसेकोमा ४८ हजार मतगणना सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।