
झापा, २३ असार । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवारले एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई हराएउँदै विजयी हासिल गरेका छन् ।
कांग्रेसका अध्यक्षका उम्मेदवार रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी एमालेका पाठकले ७ हजार ३ सय ५३ मत ल्याए । पार्टी अध्यक्ष उठेको गाउँपालिकामा आफ्नो जीतलाई एमालेले प्रतिष्ठाको विषय बनाएको थियो । अध्यक्षको गृह गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित भएको छ ।
सो गाउँपालिकामा २ हजार ६६ मतसहित माओवादी केन्द्र तेस्रो बनेकोछ । माओवादी केन्द्रबाट खड्ग तिम्सिना उम्मेदवार बनेका थिए ।
उपमेयरमा एमालेकी उम्मेदवार मीरा भुर्तेल विजयी भएकी छिन् । उनले ७ हजार ४ सय ५७ मत प्राप्त गरिन् ।
भुर्तेलकी निकटम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याइन् । माओवादीबाट उपमेयरकी उम्मेदवार बनेकी अस्मितकला लिम्बुले २ हजार ५ सय ८ मत प्राप्त गरिन् ।











प्रतिक्रिया