
काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउने भएका छन् ।
आजबाट ७० वर्ष पूरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि सुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ ।
बिहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।












प्रतिक्रिया