
उदयपुर, २२ असार । उदयपुरको त्रियुगा नगरपालिकामा रोमाञ्चक नतिजा प्राप्त भएको छ । मेयरमा एमालेले जितेको छ भने उपमेयरमा काँग्रेसले जितेको छ । यसलाई दुबै दलले आश्चर्य रुपमा लिएका छन् ।
त्रियुवाको मेयरमा नेकपा एमालेका उम्मेदवार बलेदव चौधरी विजयी भएका छन् । चौधरीले ११ हजार ३ सय ६८ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका बसन्तकुमार बस्नेतले ११ हजार २ सय ९५ मत ल्याए ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी देवीकुमारी चौधरी विजयी भएकी छिन् । उनले ११ सय ३ सय २२ मत ल्याएर विजय भइन् । उनका प्रतिद्वन्द्वी उमालेकी गितादेवी रेग्मीले ११ हजार २सय ७९ मत ल्याइन् ।











प्रतिक्रिया