९ मंसिर २०८३, बुधबार

विराटनगर महानगरपालिका: एमाले भन्दा काँग्रेस ३ हजार मतले अगाडि, कस्ले बाजी मार्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेस एमाले भन्दा तीन हजार मत अन्तरले अगाडि देखिएको छ ।

बिहीबार रातिसम्मको मतगणना अनुसार, मेयरमा कांग्रेसले १३ हजार २६१ मत ल्याएको छ । यसैगरी, दोस्रोमा रहेको एमालेले १० हजार २३ मत पाएको छ । तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले पनि १० हजार ४ मत पाएको छ ।

दोस्रो चरणको चुनावमा महानगरपालिकामा चुनाव भइरहेको विराटनगर मात्रै हो । अन्य उपमहानगरमा एमालेले अग्रता लिइरहँदा विराटनगर भने काँग्रेसको पोल्टामा जाने बलियो सम्भावना देखिएको छ । तर, अझै धेरै मत गन्न बाँकी रहेकाले यसै भन्न अबस्था नरहेको स्थानीय नेताहरु बताउँछन् ।