
झापा, २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले लगातार दुई नगरपालिकामा जित हासिल गरेको छ ।
झापाको शिबसताक्षी नगरपालिकामा एमालेका सूर्यध्वजाबाहक उम्मेदवारहरु विजयी भएका हुन् । मेयर, उपमेयर र नौ वडा अध्यक्षसहित एमालेले ५१ प्रतिनिधि जितेको छ । मेयरमा एमाले उम्मेदवार चन्द्रकुमार शेर्माले १४ हजार ६ सय ८४ मत पाए । उनका निकटतम नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले ९ हजार ८ सय ५६ मत प्राप्त गरे ।
एमालेका उपमेयर उम्मेदवार भोजकुमारी नेपालले १४ हजार ९ सय ६० मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकी जयकुमारी चेम्जोङको भागमा ९ हजार ३ सय २४ मत पर्यो । ५७ हजार हाराहारी मतदाता रहेको यो नगरमा एमालेका उम्मेदवार वहुमत बिजयी भएका छन् ।
यसैगरी, झापाको विर्तामोड नगरपलिकामा पनि एमाले विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जलकुमार लिम्बुलाई हराउँदै एमालेका ध्रुव शिवाकोटी मेयरमा विजयी भएका हुन् ।
मेयरमा विजयी शिवाकोटीले ९ हजार एक सय १० मत प्राप्त गरे । त्यसैगरी माओवादी उम्मेदवार सीपी कडरियाले ३ हजार ७ सय ९७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
उपमेयरमा विजयी एमाले उम्मेदवार प्रसाईंले १० हजार ४ सय ३७ मत प्राप्त गरे । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वता गिरीले ९ हजार ११ मत प्राप्त गरिन् । राप्रपा उम्मेदवार लीला अनमोलले ३ हजार ८ सय ७६ मत प्राप्त गर्दा माओवादी उम्मेदवार सरु न्यौपानेले ३ हजार ८ सय ७६ मत प्राप्त गरिन् ।











प्रतिक्रिया