
भक्तपुर, २२ असार । चुनावमा हार व्यहोरेपछि फुटेका माओवादीबीच नयाँ छलफल सुरु भएको छ । बिगतमा पार्टी फुटेका कारण कमजोर अबस्थामा पुगेको निष्कर्ष निकाल्दै माओवादीबीच एकीकरणका लागि छलफल अघि बढेको हो ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले यसको खुलासा गरेकी हुन् । विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको उनले बताइन् ।
बिहीबार रफत सञ्चार क्लबमा बोल्दै नेतृ भुसालले विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको जानकारी दिइन् ।











प्रतिक्रिया