
तुलसीपुर, २२ असार । दाङ जिल्लामा बिषालु च्याउको तरकारी खादा एकै परिवारका ८ जना बिरामी परेका छन् ।
जंगलबाट ल्यएको च्याउको तरकारी खादा तुलसीपुर– १८ हेमन्तपुरका ५० वर्षीय केशर बुढासहित उहाँको ८ जनाको परिवार बिरामी परेका हुन् ।
बिरामी पर्नेहरूमा ८ वर्षीया छोरी नीशा, ५ वर्षीया दीपा, ४ वर्षीया उत्तमा, विमला र उर्मिला रहनु भएको छ ।
बिरामीमध्य ७ जनाको अहिलेसम्म पनि होस खुलेको छैन । सबैको अचेत अबस्थामा राप्ती अञ्चल अस्पतालमा उपचार भएको थियो ।
थप उपचारका लागि उनीहरूलाई कोहलपुर पठाइएको तुलसीपुरबाट पत्रकार शरद रेग्मीले जानकारी दिनु भएको छ ।











प्रतिक्रिया