११ मंसिर २०८३, शुक्रबार

कांग्रेसका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ : माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, २२ असार । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सरकारमै रहेको नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताउँनु भएको छ ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले माओवादी केन्द्र मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको बताउनु भएको हो ।

‘कांग्रेसभित्रकै आन्तरिक विवादका कारण प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्रिमण्डल विस्तार गर्ने पक्षमा हुनुहुन्न’, उहाँले भन्नुभयो ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उहाँले तेस्रो चरणको निर्वाचन पनि यहि सरकारले तोकिएकै समयमा गर्ने उहाँले बताउनुभयो ।

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागी प्रक्रिया अघि बढाएकोले बाँकी निर्वाचनमा राजपाको पनि सहयोग समर्थन सहभागिता रहने उहाँको भनाई छ ।

उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनैपनि खालका अधिकारहरु कटौती हुन नसक्ने बताउनु भएको छ ।

उहाँले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिहरूबीच एकीकरणको प्रयास पनि पाटीभित्र भैरहेको जानकारी दिनुभयो ।