
काठमाडौं, २२ असार । नेपाल प्रहरीको महानिरीक्षकको विवादसम्बन्धी रिट कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको नयाँ पूर्ण इजलासमा बहस सुरु भएको छ ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले तोकेको पूर्ण इजलासमा रहेका न्यायाधीश जगदीश शर्माले उमेरहदका कारण अवकास पाएपछि नयाँ इजलास गठनको बाटो खुलेको हो । अब यो रिटमा सुरुदेखि सुनुवाइ हुनेछ । सुनुवाई कम्तिमा २ दिन चल्नेछ ।
बिहीबार पराजुलीले आफूसहित ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलास तोकेका छन् ।
डिआइजी नवराज सिलवाले महानिरीक्षक बढुवामा बरीयता विवाद भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिसकेको छ ।











प्रतिक्रिया