९ मंसिर २०८३, बुधबार

‘निर्मल निवास’मा असार २३ को धमाधम तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ असार । पूर्व राजा ज्ञानेन्द्र शाहको ७१औँ जन्मदिवसका अवसरमा निर्मल निवासमा धमाधम तयारीहरू सुरु भएको छ ।

पूर्व राजा शाहले असार २३ गते महाराजगञ्जस्थित निर्मल निवासमा विशेष कार्यक्रम राखेका छन् । सो दिन शुभेच्छुक, आफन्त र सर्वसाधारणले शुभकामना दिन पाउने छन् ।

पूर्व राजपरिवार निकट उच्च स्रोतका अनुसार असार २३ गतेका दिन बिहान ११ बजेदेखि सर्वसाधारणका लागि निर्मल निवासको ढोका खोलिनेछ ।

पूर्व राजाको जन्मदिवस मनाउनका लागि नागरिक समाजका तर्फबाट रामभक्त पीबी ठाकुरको संयोजकत्वमा मूल समिति पनि गठन भएको छ ।

राजसंस्थाको अन्त्य भए पनि सामान्य नागरिक सरह पूर्व राजा शाहले निर्मल निवासमा जन्मदिनका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।