हरिप्रसाद अधिकारी
मेयर
विक्रम सम्बत २०३४ सालदेखी सक्रिय राजनितीमा होमिएका हरि प्रसाद अधिकारी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगरको भर्खरै सम्पन्न निर्वाचनमा मेयर जितेका छन् । पन्चयातकाल ताका पन्चहरुको गढ भैरहवामा छाती खोलेर पन्चविरोधी राजनिती गर्ने योद्धाका रुपमा नाम कमाएका उनी बहुदल आउनुभन्दा अगाडी पन्चहरुको विगविगी भएकै समयमा भैरहवाको प्रहरीटोलमा रहेको पन्चहरुको विद्यार्थि मोर्चा राष्ट्रबादी विद्यार्थि मण्डल को बोर्ड ब्यानर फया्क्दा एकाएक चर्चामा आएका थिए ।
बहुदल पश्चातको २०४९ सालको स्थानिय निर्वाचनमा सिनपा ८ को वडा अध्यक्षमा अत्याधिक मतले निर्वाचित भएका जुझारु, स्पष्ट र हक्की स्वाभावको अधिकारीले ०५४ सालको स्थानिय निर्वाचनमा उपमेयरमा एमालेको तर्फबाट निर्वाचित भएका थिए । अखिल पाचौंबाट राजनितीमा छिरेका अधिकारी एमालेको वडा अध्यक्ष, नगर सचिव, क्षेत्रीय इन्चार्ज हुदैं ३ कार्यकाल जिल्ला सदस्य समेत निर्वाचित भएका छन् ।
भ्रष्टाचार विरुद्धको शून्य सहनसिलतालाई आफ्नो चुनाबी नाराको प्रमुख मुद्धा बनाएर अगाडी बढेका अधिकारीले आफ्ना प्रतिसपर्धीलाई फराकिलो मतअन्तरले पराजित गरेका छन् । विक्रम सम्बत २०१७ सालमा बुबा जिबलाल अधिकारी र माता यमकला अधिकारीको कान्छो सुपुत्रको रुपमा जन्मिएका अधिकारीका जेठा दाजु भिमराज अधिकारी, माहिलो खडानन्द अधिकारी र साहिलो चन्द्रकान्त अधिकारीहरु पनि रुपन्देहीका प्रतिष्ठीत उद्योगी व्यवसायी हुन् ।
हाल नेपाल ईट्टा व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष समेत अधिकारी डेढ दर्जन भन्दा बढी सामाजिक संघसंस्थाको नेतृत्वमा बसेर सफलतापुर्वक काम गरिरहेका छन् ।
शान्ति अधिकारीसंग २०४७ सालमा विवाह भएको थियो । उनका २ छोरा छन् । सामाजिक सेवा र राजनीतिको पुर्णकालिन पेशा बनाएका अधिकारीको श्रीमति समेत समाजसेवामा सक्रिय छिन् ।
२०६२/०६३ को जनआन्दोनमा नेतृत्वदायी भूमिका खेलेका अधिकारीले नगर विकासको गुरुयोजना बनाई चरणबद्ध काम गर्ने बताउँदै नगरलाई देशकै नमुना नगर बनाएर देखाउनेगरी ६५ बुदें घोषणपत्र अनुसार र सबैको सल्लाह अनुसार काम गर्ने जनाएका छन् ।
वि.सं. २०१६ साल फगुन १५ गते बुबा स्व. पुनाराम खनाल र आमा स्व. मायादेवी खनालको कोखबाट जन्म लिएकी उमा काफ्लेको पेशा राजनीति नै हो । बी. ए. सम्मको औपचारिक शिक्षा हासिल गरेकी काफ्लेले २०२७ साल जेठमा ७ कक्षामा पढ्दा इन्द्रराज्यलक्ष्मी माविमा गुणस्तर शिक्षाको माग गर्दै भएको विद्यार्थि आन्दोलनमा सक्रिय भई अर्धबार्षिक परिक्षा बहिस्कार गरेकी थिइन् ।
टंकनाथ काफ्लेसंग २०३२ सालमा विवाह गरेकी काफ्ले जोडीका ३ छोरी १ छोरा छन् । हाल सिनपा ७ मा श्रीमानसंगै बस्दै आएकी काफ्लेलाई राजनीतिमा अगाडी बढाउनेगरी उनका श्रीमानले दिनरात गरेको सहयोग उदाहरणीय छ । ०३६ सालको निर्दल बहुदलको निर्वाचनमा बहुदलको पक्षमा भूमिगत रुपमा सक्रिय भूमिका खेलेकी उनी केही वर्ष भैलुभुजामा जागिरे भइन् । ०४६ सालको जनआन्दोलनमा भैलुभुजामा कार्यरत छदां पनि कर्मचारीको नेतृत्व गर्दै हरेक आन्दोलनमा सक्रिय भएकी थिइन् । ०४८ सालमा भएको कर्मचारी आन्दोलनमा नेतृत्व गर्दा तत्कालिन सरकारले तलब रोकिदिएपछि ०५१ सालमा एमालेको अल्पमतको सरकार आएपछि त्यतिबेला नपाएको तलब पुनः प्राप्त भएको घटना उनी सम्झीन्छीन् । ०४६ सालको आन्दोलनदेखी पाटिको साधरण सदस्यका रुपमा काम गरेकी उनले २०५३ सालमा नेकपा एमालेको संगठीत सदस्यता प्राप्त गरेकी हुन् । पाटिको वडा कमिटी सदस्य, हुदै नगरको उपसचिव भएकी उनले ०६२।०६३ मा तत्कालिन नगर सचिब हितराज पन्थि गिरफ्तारीमा परेपछि त्यतिबेलाको विषम परिस्थीतिमा पनि का.वा सचिबको जिम्मेवारी पुरा गरिन् ।
पाटिको मुल नेतृत्वमा महिलाहरु कमै भएको तत्कालिन समयमा पनि एमाले सिद्धार्थनगरको सचिव तथा नगर अध्यक्षको कुशलता पुर्वक जिम्मेवारी पुरा गरेकी उनले अखिल नेपाल महिला संघको जिल्ला कोषाध्यक्ष, सचिव , उपाध्यक्ष हुदैं रुपन्देहीको जिल्ला अध्यक्ष समेत भइन् । हाल दोस्रो कार्यकाल अनेमसंघको निर्वाचित अध्यक्षको समेत भूमिकामा रहेकी काफ्ले नेकपा एमाले रुपन्देही जिल्लाको आठौ अधिवेसनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी हुन् । ०६२। ०६३ आन्दोलनका क्रममा चैत्र १३ गते र शाही कालमा भएको नगर निर्वाचन बहिस्कार गर्दागरी २ पटक गिरफ्तारी परेकी थिइन् । भैरहवा बहुमुखी क्याम्पसको सन्चालक समिती तेस्रो कार्यकाल सदस्य, रुपन्देही क्याम्पसको क्याम्पस सभासद, रेडक्रसको आजिवन सदस्य, हिमाली सामुदायीक सेवा केन्द्रको आजिवन सदस्य तथा पुर्व वरिष्ठ उपाध्यक्षको समेत भूमिकामा रहेकी काफ्ले एउटा समाजप्रतिको सचेत नागरिकको दायित्वबोध भएको, राष्ट्र र राष्ट्रियताको भावनाबाट अभिप्रेरित भएर देश र जनताप्रतिको सेवाको भावनाबाट ओतप्रोत भएर न्यायका पक्षमा र अन्यायका विरुद्धमा सदैव जुझ्न मन पराउनु जुझारु रूपका कारण साथै वर्गिय एवं प्रगतिशील विचारबाट निर्देषित भएका कारणले राजनीतिमा हात हाल्न पुगेको बताउछिन् ।
शालिन र नरम स्वाभावकी काफ्ले नगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उमेदवार रहेकी उनले आफ्नो प्रतिद्धन्द्धीलाई फराकिलो मतान्तरले हराउदैं सिनपाको उपमेयरको कुर्चिमा बस्ने पहिलो महिला पनि भएकीछन्् । एमालेले जारी गरेको ६५ बुदें प्रतिबद्धतालाई टेकेर नगरलाइ पुर्णतया महिला मैत्री र गृहणीहरुलाई आत्मनिर्भर बनाउदैं समाजको अग्रभागमा ल्याउने पहिलो उद्धेश्य राखेकी काफ्ले सिद्धार्थनगरमा एडिबीको आयोजना ल्याउन राजनितीक दलको तर्फबाट अग्रभागमा रहेर भूमिका खेलेकी थिइन् । उनी एकिकृत सम्पति कर लागु गर्दा सिनपाको प्रथम करदाता समेत हुन् ।














प्रतिक्रिया