– आकाश देबकोटा
बाँके, २१ असार । कोहलपुर नगरपालिकाको प्रमुखमा ९ हजार ७ मत प्राप्त गरी एमालेका लुट बहादुर रावत बिजयी हुनुभएको छ । यसैगरी उपप्रमुमा नेपाली काँग्रेसका सञ्जु चौधरी १० हजार ५६ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
प्रमुखमा नेपाली काँग्रेसका भानुभक्त भट्टराईले ८ हजार ९२४ र माओवादी केन्द्रका नरेन्द्र चौधरीले ६ हजार २२१ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेका कृष्ण थारुले ९ हजार ३७९ र माओवादी केन्द्रका देबी थारुले ४ हजार ९४९ मत प्राप्त गर्नुभएको छ । बाँकेका सम्पुर्ण ८ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
८ तह मध्ये चार तहमा नेकपा एमाले, २ तहमा नेपाली काङ्ग्रेस , १ तहमा राप्रपा र १ तहमा सङ्घीय समाजवादी फोरम नेपाल बिजयी भएको छ । एमालेले कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिकामा विजयी भएको छ ।
काँग्रेस राप्ती सोनारी र डुडुवा गाउँपालिका, नरैनापुरमा संघीय समाजवादी फोरम र नेपालगन्ज उपमहानगरपालिकामा प्रमुखमा राप्रपा र उपप्रमुुखमा काँँग्रेस बिजयी भएको छ ।













प्रतिक्रिया