२१ कार्तिक २०८३, शनिबार

देउवा गृहनगर अमरगढीमा एमालेबाट निर्वाचित मेयरको यस्तो छ पहिलो निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सपना सिंह

डडेल्धुरा, २१ असार । डडेल्धुराको अमरगढी नगरपालिकाका नवनिर्वाचित मेयर विपिन ओझाले आफ्नो पद्वहाली गरेसँगै नगरपालिकामा खानेपानी व्यवस्थापन गर्ने निर्णय गर्नुभएको छ ।

सपथग्रहण पछि अमरगढी नगरपालिकामा पदबहाली गर्नुहुदै सदरमुकामको खानेपानीको समस्यालाई समाधान गर्न आफुले खानेपानीको व्यवस्थापनलाई प्राथमिकता दिएको बताउनुभयो ।

साना शहरी खानेपानी आयोजनाका लागि नगरपालिका बाट आवश्यक बजेट व्यवस्थापन गर्ने र आगामी पाँच बर्षमा ‘एक घर एक धारा को अवधारणा लाई अगाडी बढाउने गरी आफुले योजना बनाएको उहाँले बताउनुभयो ।

जिल्लाको सदरमुकाममा बस्ती बिस्तारसँगै तिव्र गतिमा भइरहेको शहरीकरणका लागि आवश्यक खानेपानीको व्यवस्थापन अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

जिल्लाको अमरगढी नगरपालिकालाई पर्यटकीय शहरको रुपमा विकास गर्न सकिने सम्भावना रहेको र व्यवस्थित शहरका लागि आवश्यक पूर्वाधारमा ध्यान दिने बताउनुभयो ।