अछाम, २१ असार । मल्लेख गाउँपालिका–८ डुङ्गी बस्ने गोपाल भुलकी छोरी १३ वर्षीया पवन भुलको जंगली बाघले तानेर लैजाँदा गएराति मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घरमा आमा–छोरी सुतिरहेको अवस्थामा अचानक आएको बाघले तानेर करीव १ सय मिटर टाढा लगेको अवस्थामा स्थानीयबासीले हो–हल्ला गरेपछि बाघले छाडेर भागेकोमा बालिकाको मृत्यु भएको थियो ।












प्रतिक्रिया