९ मंसिर २०८३, बुधबार

प्रदेश नम्बर ७ मा एमालेबाट पहिलो महिला मेयर बन्न सफल मञ्जु को हुन् ?

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, २१ असार । स्थानीय तहको निर्वाचनबाट डोटीको दिपायल सिलगढी नगरपालीकामा नेकपा एमालेबाट विजयी मेयर मञ्जु मलासीले बुधबार पदभार सम्हालेकी छन् ।

नवनिर्वाचित मेयर मलासीले बिहान करिब पौने ११ बजेको समयमा पदभार सम्हालेकी हुन् ।

पदभार सम्हाल्दै मलासीले सबै मिलेर नगरपालीमा शुसासन प्रवद्र्धन सहित नगरको सर्वपक्षिय विकास सहित नमूना नगर बनाउने प्रतिबद्धता जनाउँदै नगरपालीकाका कर्मचारीहरुलाई निर्देशन समेत गरेकी थिईन् ।

पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर मलासीलाई नगरपालीकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्य सहित सबै कर्मचारीहरुले फूलमाला अविरले स्वागत गरेका थिए ।

नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, पूर्व सभाषद हर्कबहादुर सिंह, दिपायल सिलगढीका पूर्व मेयर पूर्णराज जोशी लगाएतको सहभागिताकाबीच मलासीले पदभार ग्रहण गरेकी हुन् ।

को हुन् मञ्जु ?

वि.सं. २०२७ साल बैशाख २९ गते दिपायल सिलगढी नगरपालीकाकै साविकको वडा नं. ४ हालको वडा नं. ५ इन्द्रचोकमा बुबा खडकबहादुर अग्रवाल र आमा सरस्वती अग्रवालको कोखबाट जेठो छोरीका रुपमा सामान्य घरपरिवारमा मञ्जु मलासीको जन्म भएको हो ।

सामान्य औपचारिक शिक्षा हासिल गरेकी मलासीको वि.सं. २०४३ साल अषाढमा दिपायल सिलगढी नगरपालीका १ का कृष्ण मलासीसँग वैवाहिक लगनगाँठो कसिएको थियो ।

वि.सं. २०४६ को अनआन्दोलनपश्चात विजय जुलुसमा संलग्न भई राजनीतिक यात्रा शुरु गरेकी उनले २०४७ सालमा नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघको दिपायल सिलगढीको वडा नं. १ को सचिव पदबाट जिम्मेवारी सम्हाल्न शुरु गरेकी हुन् ।

त्यसपश्चात २०५२ सालमा अनेम संघको डोटी जिल्ला सचिव बनेकी उनी एमाले डोटीको वैकल्पिक जिल्ला कमिटि सदस्य बनेकी थिईन् ।

विसं २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमालेले दिपायल सिलगढी नगरपालीकाको मेयर पदमा विजय हासिल गर्दा मञ्जुलाई उक्त नगरपालीकाको कार्यकारी बोर्ड सदस्यमा मनोनित गरिएको थियो ।

त्यसपछाडी वि.सं. २०५५ मा अनेमसंघ डोटीको अध्यक्ष र एमाले जिल्ला कमिटि डोटीको सदस्य बनेकी थिईन् ।

वि.सं. २०६९ सालमा एमाले जिल्ला कमिटि डोटीको जिल्ला अधिवेशन पाएको उप–सचिवको जिम्मेवारी हालसम्म सम्हाल्दै आएकी छन् ।

मञ्जु मलासी वि.सं. २०६४ र वि.सं. २०७० को संविधान सभाको निर्वाचनमा एमाले डोटीबाट समानुपातिकतर्फको उम्मेदवार समेत बनेकी थिईन् ।

उनले नेकपा एमालेबाट चीनको उच्च स्तरीय राजनीतिक अध्ययन भ्रमणसहित ८ देशको अध्ययन भ्रमण गरिसकेकी छन् ।

सामाजिक सेवा क्षेत्रमा समेत विभिन्न गैर सरकारी सँस्थाहरुको अनुभव बटुलेकी मलासी सामुदायिक वन उपभोक्ता महासंघको बहालवाला केन्द्रिय कोषाध्यक्ष पनि हुन् ।

एक छोरा र एक छोरीकी आमा समेत रहेकी मञ्जुकी बुहारी र एक नातिनि पनि छन् ।

उपमेयरबाट पनि पदभार ग्रहण

यस्तै दिपायल सिलगढी नगरपालीकाका नवनिर्वाचित उपमेयर शिवराज खड्काले पनि आजै पदभार सम्हालेका छन् ।

एमालेबाटै निर्वाचित खड्काले करिब सवा ११ जबेतिर पदभार सम्हालेका हुन् । उपमेयर खड्का एमाले जिल्ला कमिटि डोटीका सदस्य पनि हुन् ।