
काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादीबाट मन्त्री हुनेमा कालिकोटका महेन्द्रबहादुर शाही, रामेछापका श्यामकुमार श्रेष्ठ, मोरङका शिबकुमार मण्डल र सल्यानका टेकबहादुर बस्नेतलाई मन्त्री बनाउने निर्णय गरेको हो । उनीहरु सबै निर्वाचित सांसद हुन् ।
समानुपातिक सांसद आशा कोइराला पनि मन्त्री बन्ने भएकी छिन् । अझै एकजनाको नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ ।
शाही ऊर्जा र श्रेष्ठ सामान्य प्रशासन मन्त्रालय बन्ने पक्का भएको छ । अन्यको टुंगो लगाउन बाँकी छ ।
माओवादी हेडक्वार्टर बैठकले उनीहरुको नाम टुंगो लगाएको हो । उनीहरुलाई सपथका लागि तयार रहन भनेपछि माओवादीले औपचारिक निर्णय गर्न बाँकी छ ।
माओवादीले अझै ७ जना मन्त्री मागेको छ । अहिले माओवादीबाट उपप्रधानमन्त्रीसहित तीन मन्त्री छन् ।











प्रतिक्रिया