९ मंसिर २०८३, बुधबार

महन्थ र राजेन्द्रलाई ‘मसिहा’ मान्न तयार छैनौँ : एमाले नेता मण्डल

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ असार । एमालेका नेता तथा १ नं. प्रदेशका संयोजक सत्यनारायण मण्डलले महन्थ ठाकुर र राजेन्द्र महतो मधेसको ‘मसिहा’ नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले नेता मण्डलले महन्थ ठाकुर र राजेन्द्र महतले मधेसको मसिहा दाबी गर्नुको कुनै औचित्य नरहेको बताए ।

‘मधेसको मसिहा महन्थ ठाकुर र राजेन्द्र महतो होइनन् । मैले मान्दैन’, उनले भने, ‘मधेसको माग र मुद्दाका लागि २००८ सालमा बेदानान्द झाले संघर्ष गरिसकेका छन् । हामी पनि मधेसका लागि संघर्ष गरिरहेका छौँ । राजेन्द्र महतो र महन्थ ठाकुरले कुनै कुराको दाबी नगरे हुन्छ ।’

संविधान संशोधनका लागि एमाले लचक रहेको बताएका नेता मण्डलले भने, ‘संविधान संशोधनको विरोधी एमाले होइनौँ । हाम्रो अडान भनेको हिन्दी भाषा र सीमाङ्कनमा हेरफेर गर्नु हुँदैन भन्ने हो । यदि सीमाङ्कन चलाउने हो भने पनि सबैको सहमतिमा गर्नुपर्छ । महन्थ ठाकुर र राजेन्द्र महताले भनेअनुसार हुँदैन ।’