विजय थापा
भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर पाल्ने नेपाली समुदायले कुकुर तिहार मनाएका छन् ।
आफ्ना चाड पर्वलाई निरन्तरता दिदैँ अमेरिकाबासी नेपालीले कुकुर तिहार मनाएका हुन् । कुकुरलाई अमेरिकामा दिइने विशेष प्रकारका स्वास्थ्य वर्धक खाना खुवाई पुजा गरियो ।
‘कुकुरलाई भैरवको बहान मानिन्छ । अमेरिकामा अपराध गतिबिधि निक्कै हुने भएकाले कुकुरले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ भन्दै घरको हेरचाह पनि गर्ने भएकोले आजको दिन यसलाई पुजेका हौँ,’ डिसी महानगर क्षेत्रका एक परिवारले बताए ।
चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्दै टीका तथा माला लगाइएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेका छन् ।
कुकुरसंग मानिसको अत्यन्तै प्रगाढ सम्बन्ध रहने भन्दै सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।













प्रतिक्रिया