९ मंसिर २०८३, बुधबार

एमालेले कांग्रेससँगको दूरी बढायो, १३२ स्थानमा विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ असार । नेकपा (एमाले)ले नेपाली कांग्रेससँगको दूरी बढाउँदै लगेको छ ।

बुधबार बिहानसम्मको पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले)ले १३२ मा विजयी हासिल गरेको छ । नेपाली कांग्रेसले ११४ स्थान जितेको छ ।

माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ । फोरम लोकतान्त्रिक ६, संघीय समाजवादी फोरमले ६, राप्रपाले ४, राजमोले २ र स्वतन्त्रले २ स्थानमा जित हासिल गरेका छन् ।

यसैबीच, पछिल्लो मत परिणाम अनुसार एमाले २०, कांग्रेस ७ र माओवादी केन्द्र १ स्थानमा अग्रता लिइरहेका छन् । स्वतन्त्रका ४ उम्मेदवारहरूले पनि अग्रता लिइरहेका छन् ।