२९ आश्विन २०८३, बिहिबार

मोसुलमा आईएस ‘मृत्युसँग सङ्घर्ष’ गर्दै : सेना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोसुल (इराक), २१ असार । इराकको उत्तरी सहर मोसुलमा सरकारी सेनाले कारबाहीलाई सशक्त पारेपछि इस्लामिक स्टेट (आईएस) समूह मोसुलको अन्तिम पकड क्षेत्रमा ‘मृत्युसँग सङ्घर्ष’ गरिरहेको मङ्गलबार जनाएको छ ।

इराकी सेनाको विशेष दस्ताका प्रमुख तथा सैनिक जनरल अब्देल घानी अल–असादीका अनुसार आफ्नो सेना विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र टिग्रीस नदीभन्दा करिब २५० मिटर टाढा पुगेको छ । सेनाले एक दिन पहिले आईएसद्वारा आश्रयस्थल बनाउँदै आएको एउटा अस्पताल परिसरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

अल असादीले मोसुलमा आईएससँगको अन्तिम लडाईमा केही आत्मघाती बम हमलाको सामना गरिरहेको बताउँदै लडाई अझै सशक्त हुनसक्ने आँकलन गरिएको बताउनुभयो ।

इराकी सेनाले २०१६ को अक्टुबरमा इराकको दोस्रो ठूलो सहर मोसुललाई आईएसको नियन्त्रणबाट फिर्ता लिन सैन्य कारबाही सुरुगरी निरन्तर लड्दै आएको छ । – एपी