९ मंसिर २०८३, बुधबार

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारकै अग्रता, कांग्रेस पछिपछि (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २० असार । कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई उछिन्दै स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

मंगलबार साढे ६ बजेसम्मको मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका मेयर उमेदवार नृप वडलाई ३ सय ४८ मतले पछि पारेका हुन् ।

हमालले ५ हजार ९२८ मत ल्याएका छन भने कांग्रेस उमेदवार नृप वडले ५ हजार ५८० मत ल्याएका छन् । तेस्रोमा रहेका एमाले उम्मेदवार दुर्गाप्रसाद जोशीले ४ हजार २४९ मत पाएका छन् । माओवादी केन्द्रले ३ हजार २८५ मत पाएको छ ।

उपमेयरमा भने कांग्रेस अगाडि रहेको छ । कांग्रेस उमेदवार सुशिला मिश्र भट्टको ६ हजार ९०८ मत रहेको छ भने एमाले उमेदवार रुक्मणी देवकोटाको ५ हजार ६१२ मत छ । माओवादी केन्द्रको उपमेयरमा ४ हजार १३४ मत रहेको छ ।

धनगढी उपमहानगरपालिकामा २४ हजार ४३० मत गणना भइसकेको छ ।

पछिल्लो मतपरिणाम

स्वतन्त्र (मकै)

मेयर– ५९२८

कांग्रेस (रुख)

मेयर– ५५८०
उपमेयर– ६९०८

एमाले (सूर्य)

मेयर– ४२४९
उपमेयर– ५६१२

 

माओवादी केन्द्र (हसिया हतौडा)

मेयर– ३२८५
उपमेयर– ४१६४