२१ कार्तिक २०८३, शनिबार

कान्छी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २० असार । आफ्नै कान्छी श्रीमतीको हत्या गरेको अभियोगमा चौरजहारी नगरपालिका–१४ बस्ने ४५ वर्षीय डिल्ली रानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रानाले मादक पदार्थ सेवन गरी सोही ठाउँस्थित सेतीबगरमा पसल गरी बस्ने आफ्नै कान्छी श्रीमती ४५ वर्षीया ललिता रानालाई दाउरा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुवाकोटबाट खटि गएको प्रहरीले रानालाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।