९ मंसिर २०८३, बुधबार

धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारको मत बराबरी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कैलाली, २० असार । कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेदवार बनेका नृप वड र स्वतन्त्र उम्मेद्वार गोपाल हमालले बराबर मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहँदा वडले ५१४७ मत प्राप्त गरेका छन् । हमालले पनि समान ५१४७ मत ल्याएका छन् ।

हमाल झण्डै ८० मतले पछाडि थिए । उनले बिहान कमब्याक गर्दै मत बढाएका हुन् । रूख चिन्हसँग केटाकेटी चिन्हको प्रतिष्पर्धा रोचक बनेको छ ।

उपमेयरमा भने कांग्रेसकी सुशीला मिश्र भट्ट अगाडि छिन् । उनले ६२२२ मत ल्याएकी छिन् ।

एमालेका मेयर उम्मेद्वार दुर्गाप्रसाद जोशीको ३९५५ मत छ । उपमेयर रुक्मिणी देवकोटाको भने ५११४ मत छ ।