२१ कार्तिक २०८३, शनिबार

कृष्णपुरमा एमालेको अर्काे जित, जयनारायणको नेतृत्वमा २ नम्बर वडामा प्यानलै विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १९ असार । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले दोस्रो जित हात पारेको छ ।

सोमबार प्राप्त नतिजाअनुसार कृष्णपुरकै ठूलो २ नम्बर वडामा एमालेका जयनारायण जोशी वडाध्यक्ष निर्वाचित भएका छन् । जोशीसँगै यो वडामा एमाले प्यानलै विजयी भएको अनेरास्ववियुका नेता गणेशसिंह ऐरीले जानकारी दिए ।

उनका अनुसार महिला सदस्यमा तुलसी देवी कलौनी, दलित महिला सदस्यमा जगुदेवी सुनार, खुल्ला सदस्यमा काशीराम जोशी र बहादुर चौधरी निर्वाचित भएका छन् ।

४ हजार ६०९ मतदाता रहेको २ नम्बर वडामा ३ हजार १४८ मत खसेको थियो । यसअघि कृष्णपुरको वडा नम्बर ९ मा पनि एमालेको प्यानलै विजयी भएको थियो ।